दफा १९
खारेजी र बचाउ
१९. खारेजी र बचाउ
(१) परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०५४ खारेज गरिएको छ ।
(२) यो आदेश प्रारम्भ हुँदाका बखत बहाल रहेको कार्यकारी निर्देशक वा पदेन बाहेक अन्य सदस्यको पदावधि निज नियुक्त भएको मितिदेखि गणना गरिनेछ । तर दफा ३ को उपदफा (२) मा व्यवस्था भएको आधारभन्दा अन्य आधारमा नियुक्त भएको सदस्य स्वतः नरहेको मानिनेछ ।
(३) यो आदेश प्रारम्भ हुँदाका बखत बहाल रहेका कर्मचारीहरू करार अवधि बहाल रहेसम्म कायम रहने छन् ।
(४) उपदफा (१) बमोजिमको आदेश अनुसार भए वा गरेका काम कारबाही यसै आदेश बमोजिम भए वा गरेको मनिनेछ ।